काठमाडौं – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै १ अर्ब २७ करोड मुद्धती निक्षेपमा लगानी गर्ने बताएको हो ।
केन्द्रीय बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १९ करोड ५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ३५ लाख रुपैयाँ लगानी गर्ने बताएको छ। केन्द्रीय बैंकले मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंक वित्तीय संस्थाले केन्द्रीय बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने लगायतका शर्तहरु राखेको छ ।
मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर ४ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्ने छ। यस्तो मुद्दति निक्षेप २०८१ मंसिर ११ गतेदेखि २०८२ मंसिर १० गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया