साताको शेयर बजार : परिसूचक ७४ अंकले बढ्यो, ४७ अर्बको कारोबार

साताको शेयर बजार : परिसूचक ७४ अंकले बढ्यो, ४७ अर्बको कारोबार


काठमाडौं – यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले ३ दिन वृद्धि र २ दिन गिरावट ब्यहोरेको छ । साताको आइतबार र सोमबार बढेको नेप्से परिसूचब बिहीबार पनि बढेको हो । यस्तै, मंगलबार र बुधबार भने नेप्से परिसूचकमा गिरावट देखियो ।

आइतबार ६३ दशमलव ५४ अंकले बढेको बजार सोमबार २२ दशमलव १३ अंकले बढेको थियो । त्यस्तै, मंगलबार  र बुधबार नेप्से  क्रमशः ११ दशमलव २४ अंक र १४ दशमलव १२ अंकले परिसूचक घट्यो । साताको अन्तिम कारोबा दिन भने १३ दशमलव ९५ अंकले बढेर बन्द भएको थियो ।

कुन दिन कति कारोबार ?

आइतबार–  ९ अर्ब ७७ करोड रुपैयाँ

सोमबार– ११ अर्ब ३१ करोड रुपैयाँ

 मंगलबार–  ७ अर्ब ८५ करोड रुपैयाँ

बुधबार–   ७ अर्ब ९१ करोड रुपैयाँ

बिहीबार – १० अर्ब ३२ करोड रुपैयाँको

यो साता पहिलो कारोबारको दिन ६२ अंकले बढ्दै २७ सय ३८ दशमलव ०६ को बिन्दुबाट सुरु भएको बजार २७ सय ४८ दशमलव ७८ अंकको बिन्दुमा बन्द थियो । यो सातामा नेप्से परिसूचकमा १० दशमलव ७२ अंकको वृद्धि देखिएको छ । यो साता बजारमा ४७ अर्ब १३ करोड बढीको कारोबार भएको छ ।