काठमाडौं – नेपाल टेलिकमको कूल आम्दानी ५८ करोड ५० लाख ५७ हजार रुपैयाँले घटेको छ । गत आर्थिक वर्षमा टेलिकमले १० अर्ब ६४ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो । जबकी, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब ६ करोड रुपैयाँमा आइपुगेको हो ।
यो ५.४९ प्रतिशतको कमी भएको कम्पनीले जनाएको छ । यस्तै, कूल सञ्चालन आय ९ करोड ५१ लाख रुपैयाँले घटेको छ । यससँगै, गत वर्ष ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ रहेको कुल सञ्चालन आय ८ अर्ब ५८ करोड रुपैयाँमा खुम्चिएको छ ।
सञ्चालन आय र कूल आय नै घटेपछि कम्पनीको नाफा नै प्रभावित बनेको छ । टेलिकमको नाफा १४.२० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमामा २ अर्ब २ करोड रुपैयाँ रहेको खुद नाफा घटेर १ अर्ब ७३ करोड रुपैयाँमा आइपुगेको छ ।
कम्पनीको कर अघिको नाफा ३ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको पहिलो त्रैमासको तुलनामा २१ करोड रुपैयाँभन्दा बढीको गिरावट हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कर अघिको नाफा ३ अर्ब ३३ करोड रुपैयाँ थियो ।
सञ्चालन आयदेखि खुद नाफासम्म नै प्रभावित बनेपछि कम्पनीको प्रति शेयर आम्दानी ३८.६६ रुपैयाँमा आइपुगेको छ ।
प्रतिक्रिया