चीनमा धितोपत्र बोर्डका पूर्व अध्यक्षलाई मृत्युदण्डको सजाय

चीनमा धितोपत्र बोर्डका पूर्व अध्यक्षलाई मृत्युदण्डको सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

चीनमा धितोपत्र बोर्डका पूर्व अध्यक्ष तोङ दाओचीलाई मृत्युु दण्डको सजाय दिने भएको छ । दाओचीलाई बोर्डको अध्यक्ष हुँदा र नगर प्रमुखका पदमा रहँदा २ अर्ब ७० करोड युआन–४ करोड डलरभन्दा बढी घुस लिएको प्रमाणित भएपछि मृत्यु दण्डको सजाय भएको हो ।

चीनको सरकारी प्रसारण संस्था सिसिटीभीका अनुसार विभिन्न व्यक्ति र कम्पनीलाई स्टक सूचीकरण हुन, वित्तपोषण र अरु विषयमा सहयोग गरेवापत घुस लिउको समाचारमा उल्लेख छ ।

चिनियाँ कानून अन्तर्गत, दुई वर्षको कारावासमा यदि तोङले असल आचरण देखाएमा उनको मृत्युदण्डलाई त्यसपछि आजीवन कारावासमा परिणत गर्न सकिन्छ ।

५५ वर्षीय टोङ सन् २००० मा चिनियाँ धितोपत्र नियामक आयोगमा काम गर्न थालेका थिए । त्यहाँ उनले १४ वर्ष काम गरे । नियामक आयोगको कामपछि सन् २०१४ मा तोङ सहायक वाणिज्य मन्त्री नियुक्त भए । त्यसपछि सन् २०१६ मा उन हुबेई प्रान्तको उपप्रमुख र २०१८ मा सान्या सहरको प्रमुख भए ।

उनी चीनले कम्युनिष्ट पार्टीका नेता हुँन ।

–ब्लुमवर्गबाट