महालक्ष्मी बैंक र एनसीएचएलबीच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय क्युआर पेमेन्ट गर्न सकिने

महालक्ष्मी बैंक र एनसीएचएलबीच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय क्युआर पेमेन्ट गर्न सकिने


काठमाडौं – महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिपे प्लसद्धारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ्ग एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक एक र पहिलो विकास बैंक बनेको कम्पनीले जनाएको छ । बुधबार कार्यक्रमकाबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस समझदारी अन्तर्गत चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिफिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली जस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरुले अलिपे प्लस नेटर्वकमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्युआरमा सहज रुपमा क्युआर पेमेन्ट गर्न सक्नेछन् ।

यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।