नेपाल बैंक ८८औँ वर्षमा प्रवेश : नेपालमा बैंकिङ्ग कारोबारकाे सुरुवातदेखि डिजिटल बैंकिङ्गको यात्रा

नेपाल बैंक ८८औँ वर्षमा प्रवेश : नेपालमा बैंकिङ्ग कारोबारकाे सुरुवातदेखि डिजिटल बैंकिङ्गको यात्रा


काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक ८७ वर्ष पूरा गरी ८८औँ वर्षमा प्रवेश गरेको छ । बिक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल सरकार तथा निजी लगानिकर्ताहरूको संयुक्त लगानिमा स्थापना भएको हो ।

नेपाल बैंकको उद्घाटन राजा त्रिभुवनबाट वि.सं.१९९४ कार्तिक ३० गतेका दिन भएको थियो। स्थापनाको समयमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजी, निक्षेप १७ लाख र १९ लाख लगानीमा बैंक स्थापना भएको थियो ।

नेपालका अधिकांश मानिसहरुले बैंकको नाम पनि नसुनेको समयमा नेपाल बैंकले बैंकको परिभाषा नै दिएको हो । स्थापना भएयता नेपाल बैंकले २ दशक केन्द्रीय बैंकको भुमिका समेत निर्वाह गरेको थियो । हाल ८ लाख रुपैयाँबाट सुरु भएको बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २४ अर्ब रुपैयाँ रहेको छ ।

हाल बैंकिङ्ग क्षेत्रमा भएका प्रविसधिकाने प्रयोगलाई पनि बैंकले जोड दिदै प्रविधि भित्र्याउन अग्रसर रहि आएको छ । नेपाल बैंकले आगामी दिनमा नयाँ पुस्तालाई सोचेर बैंकिङ्ग सेवा अघि बढाउने र ‘डिजिटल बैंक’तर्फ विशेष ध्यान दिने बताएको छ ।