काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ४० लाख नाफा आर्जन गरेको छ । कम्पनीले पहिलो त्रैमासमो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा नाफामा ५४.३० प्रतिशतको संकुचन आएको बताएको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीले ६६ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले यही अवधिमा ६२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीले यो अवधिमा ३४ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा १९ करोड ५५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १७ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ११ करोड ६१ लाख रुपैयाँ रहेको छ। कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ रहेको छ।
प्रतिक्रिया