काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमाससम्ममा ४ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासमा कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको हो।
कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ४ दशलमव ९६ प्रतिशतले घटेको छ ।
हाल कम्पनीको शेयर पुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा १२ करोड ५९ लाख रहेको छ । अन्य इक्विटीमा १५ करोड १९ लाख रहेको छ । महाविपत्ती कोषमा ८ करोड ६९ लाख रहेको छ ।
कम्पनीले यो समयमा ५७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६१ करोड ८८ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा वर्षमा कम्पनीले १३ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४३ करोड ९७ लाख रुपैयाँ खर्चिएको छ ।
समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड ५१ लाख रुपैयाँ खर्चिएको छ भने कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७१ पैसा छ ।
प्रतिक्रिया