नेपाल इन्स्योरेन्सको नाफा १ करोड माथि, अन्य सूचक कस्ता ?

नेपाल इन्स्योरेन्सको नाफा १ करोड माथि, अन्य सूचक कस्ता ?


काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्म १ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश सूचक गिरावट देखिदा नाफामा पनि प्रभाव परेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा २९ करोड ५८ लाख रहेको छ । अन्य इक्विटीमा १२ करोड ८५ लाख रहेको छ । महाविपत्ती कोषमा ९ करोड ७० लाख रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले २७ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड २० लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा वर्षमा कम्पनीले १३ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १३ करोड ८९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २० करोड ५२ लाख रुपैयाँ खर्चिएको थियो ।

समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १७ लाख २३ हजार रुपैयाँ खर्चिएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ५३ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ९८ पैसा रहेको छ।