काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२को पहिलो त्रैमासको वित्तीय विवरण अनुुसार १६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ०.४९ प्रतिशतले वृद्धि भएको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ सञ्चित गरेको छ। यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १७ करोड २१ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ६९ करोड ३२ लाख रुपैयाँ रहेको छ। त्यस्तै आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो। गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ९.८५ प्रतिशतले वृद्धि भएर ८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९४ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २२.९८ प्रतिशतले वृद्धि भएको हो।
प्रतिक्रिया