काठमाडौं – क्रेडिट कार्ड कर्जा लिएर साँवा ब्याज नतिर्नेलाई लक्षित गर्दै सिद्धार्थ बैंकले सूचना निकालेकाे छ । बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गर्दापनि नतिरेपछि ३५ दिनको समय दिएर बैंकले ४६ जना ऋणीको नाम सार्वजनिक हाे ।
‘क्रेडिट कार्ड कर्जा लिँदा गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवं लिखित रुपमा पटक –पटक ताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी कर्जा फछ्यौट गर्ने तर्फ तदारूकता नदेखाएको हुँदा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको हो,’ बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र बैंकलाई चुक्ता नगरी बसेमा ऋणीले बैंकलाई लेखि दिएको शर्त बमोजिम बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा अन्य प्रचलित कानुन बमोजिम बैंकको लेना रकम ऋणी तथा ऋणीहरुको हक लाग्ने अन्य चल अचल सम्पत्तिबाट असुल उपर गर्ने र ऋणीलाई कर्जा सूचना केन्द्रको खराब सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया