काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप १ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २६ गते बैंकिङ्ग प्रणालीको निक्षेप ६६ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म यस्तो निक्षेप ६६ खर्ब २२ अर्ब रुपैयाँ थियो।
सो समयमा केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि सामान्य गिरावट देखिएको छ । अघिल्लो दिनको तुलनामा २६ गते यस्ताे निक्षेप संकलनमा १ अर्बको गिरावट देखिएको हो । अघिल्लो दिन ५८ खर्ब ८७ अर्ब रहेको निक्षेप २६ गते ५८ खर्ब ८६ अर्बमा झरेको हाे ।
कात्तिक २६ गते वाणिज्य बैंकहरुको कर्जामा लगानी २ अर्ब रुपैयाँले बढेको छ । २५ गते ४६ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले २६ गते ४६ खर्ब ७१ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाले गर्ने कर्जा लगानी ३ अर्बले बढेको छ ।
२५ गते ५२ खर्ब ७४ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले २६ गते ५२ खर्ब ७७ अर्ब प्रवाह गरेका छन् । अघिल्लो दिनसम्म ५२ खर्ब ७९ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूकाे कर्जा लगानी कात्तिक २६ गते बढेर ५२ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ ।
असोज २६ मा बैंकहरुको औसत सिडी रेसियो ७८.३६ प्रतिशत रहेको छ। त्यस्तै, अन्तरबैंक ब्याजदर २ दशमलव ९७ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया