१३ अंकले बढेर बन्द भयाे शेयर बजार, १० अर्बकाे काराेबार

१३ अंकले बढेर बन्द भयाे शेयर बजार, १० अर्बकाे काराेबार


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ दशमलव ९५ अंकले बढेर बजार २७ सय ४८ दशमलव ७८ अंकको बिन्दुमा बन्द भएको छ ।

आज दिनभर २ करोड १६ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन १५९ कम्पनी फाइदामा जाँदा ७९ कम्पनी घाटामा गएका छन् । दोहोरो अंकले बढेको आजको बजारमा सबैभन्दा तीन कम्पनीले कमाएका छन् । आज गुराँस लद्युवित्त, स्वाभिमान लद्युवित्त, उपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले ९ दशमलव १२ प्रतिशतका दरले गुमाएका छन्। यो साता आइतबार र सोमबार बढेको बजार मंगलबार र बुधबार घटेको थियो ।