काठमाडौं – आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा सामान्य गिरावट देखिएको छ ।
कम्पनीले पहिलो त्रैमाससम्ममा ६ करोड १० लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ११ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १९ दशमलव ४९ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा कम्पनीले ५६ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ३४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३ दशमलव ३० प्रतिशतले घटेको हो ।
समीक्षा वर्षमा कम्पनीले २२ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन सामान्य घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
प्रतिक्रिया