आइएमई लाइफको नाफा १४ करोड

आइएमई लाइफको नाफा १४ करोड



काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष आव को पहिलो त्रैमासमाको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा आइएमई लाइफले १४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११.२२ प्रतिशतले बढेको छ।

गत आवको पहिलो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ५ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १० अर्ब ७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको यसै समयमा कम्पनीको जीवन बीमा कोष ४२ दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले यस अवधिमा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.९६ प्रतिशतले बढेको छ।