मेट लाइफ द्वारा पहिलो त्रैमासमा ९ करोड नाफा आर्जन

मेट लाइफ द्वारा पहिलो त्रैमासमा ९ करोड नाफा आर्जन



काठमाडौं – मेट लाइफ चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४.२९ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको महाविपत्ति कोषमा ५० करोड ४९ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ४० करोड ५० लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ९५ करोड रुपैयाँ थियो। गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको जीवन बीमा कोषको आकार ११.३१ प्रतिशतले वृद्धि भएर २६ अर्ब ६६ करोड पुगेको छ।

चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ५.५२ प्रतिशतले वृद्धि भएको हो।