नेपाल लाइफले सुनसरीको इटहरीमा खरिद गर्यो भवन

नेपाल लाइफले सुनसरीको इटहरीमा खरिद गर्यो भवन



काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले सुनसरीको इटहरीमा व्यवसायिक एंव कार्यालय प्रयोजनका लागि भवनसहितको जग्गा खरिद गरेको छ । कम्पनीले सुनसरी जिल्लाको इटहरीको उपमहानगरपालिका–६ स्थित सन्दिप गौतम, प्रतिभा खनाल र अनन्त सिंहको नाममा रहेको भवनसहितको जग्गा खरिद गरेको हो ।

कम्पनीले ९१.५० धुर क्षेत्रफलमा रहेको उक्त भवनसहितको जग्गा १६ करोड ७९ लाख ५६ हजार ८८९ रुपैयाँमा खरिद गरेको हो । जसमा ७२ लाख ३२ हजार ५९४ सय रुपैयाँ रजिष्ट्रेशन शुल्क रहेको जनाइएको छ ।