काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएकाे छ। बैंकले तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ९ हजार ९३ कित्ता शेयर बिक्रीमा ल्याएकाे हाे ।
यसअघि यी शेयरहरू बैंककै अन्य संस्थापक शेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएको थियो । तर, संस्थापकहरूले खरीद नगरेपछि बैंकले सर्वसाधारण लगाीकर्ताहरूका लागि आवेदन खुला गरेकाे हाे ।
शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडाैंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
प्रतिक्रिया