रुपन्देहीमा रवि लामिछानेको बयान जारी

रुपन्देहीमा रवि लामिछानेको बयान जारी


काठमाडौं – बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज बिहीबार तेस्रो दिन पनि बयान सुरू भएको छ ।

मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई हिजो र अस्ति बयान लिइँदा केही प्रश्नहरु अझै बाँकी रहेकाले आज पनि बयान लिइएकाे जिल्ला सरकार वकिलको कार्यलयले जनाएको छ ।

दुई दिनमा ५० भन्दा बढी प्रश्न सोधिएको र झन्डै १५ प्रश्न सोध्न बाँकी रहेको अनुसन्धान अधिकारीहरूले जनाएका छन् । उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्व गृहमन्त्री लामिछानेलाई मंगलबार दिउँसो रुपन्देही ल्याइएको थियो ।