काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटने क्रमले आज (बिहीबार) पनि निरन्तरता पाएको छ। साताको पहिलो कारोबारको दिन आइतबारदेखि लगातार घटिरहेको सुनको मूल्य आज (बिहीबार) पनि घटेको हो । आज तोलामा सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तोलामा २२ सयले घटेको सुनको मूल्य आइतबार ५ सय रुपैयाँ, सोमबार १ हजार, मंगलबार २ हजार ४ सय रुपैयाँ, बुधबार ४ सय रुपैयाँले घटेको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया