काठमाडाैं – सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ । अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये तीन जनालाई मंसिर ९ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हाे ।
यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता स्थगित भएको थियो । अब मंसिर ९ गते बिहान ८ बजेका लागि फेरि बोलाइएको हो । सर्टलिस्टमा परेर पनि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुन नसकेपछि तीन उम्मेदवार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा.वराज अधिकारीलाई बोलाइएको हो । धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।
प्रतिक्रिया