एकैदिन १३ अर्बले घट्याे बैंकिङ्ग निक्षेप

एकैदिन १३ अर्बले घट्याे बैंकिङ्ग निक्षेप


काठमाडौं – पछिल्लाे समय एकैदिन बैंकिङ्ग प्रणालीकाे निक्षेप १३ अर्ब रुपैयाँले घटेकाे छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २५ गते बैंकिङ्ग प्रणालीकाे निक्षेप १३ अर्ब रुपैयाँ निक्षेप घटेको हो । योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ।

अघिल्लो दिनसम्म यस्ताे निक्षेप ६६ खर्ब ३५ अर्ब रुपैयाँ थियो। सो समयमा केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि गिरावट देखिएको छ । अघिल्लो दिनकाे तुलनामा २५ गते १२ अर्बको गिरावट देखिएको हाे ।

कात्तिक २५ गते बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५२ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा कात्तिक २५ गते घटेर ५२ खर्ब ७४ अर्ब रुपैयाँमा झरेको छ ।

असोज २५ मा बैंकहरुको औसत सीडी रेसियो ७८.३१ प्रतिशत रहेको छ। त्यस्तै, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएकाे छ ।