काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक समूहका केही शेयरधनीहरूको स्वामित्वको शेयर बिक्रीमा राखेकाे हो ।
लघुवित्तका अनुसार संस्थापक समूहका केही शेयरधनीहरूले २ लाख १४ हजार ६७४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई शेयर बिक्रीमा राखिएको थियो ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बन्दीपुर– १, डुम्रे तनहुँस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया