एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन



काठमाडौ– नेपाल स्टक एक्सचेञ्ज नेप्से मा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ।

नेप्सेले इन्स्योरेन्सको ६२.५६ प्रतशित हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ८६२ रुपैयाँ १८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो।

अघिल्लो दिन अर्थात सोमबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतकित्ता १ हजार ३३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।