बयानका लागि रवि लामिछाने रुपन्देहीमा

बयानका लागि रवि लामिछाने रुपन्देहीमा


काठमाडौं – प्रहरीले पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेलाई आज मंगलबार बयानका लागि रुपन्देही ल्याउने भएको छ । गत कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालय च:मतिबाट पक्राउ गरी कास्की लगिएको थियो। उनीमाथि चौथो पटक कास्की अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ। 

रुपन्देही जिल्ला अदालतबाट प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न हिरासतमा रहेका लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको छ।

बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन्। बञ्जाडेलाई यसअघि नै रुपन्देही ल्याएर बयान गरि कास्की पठाईसकिएको छ।