काठमाडौं–सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ चंकी क्षेत्री विकासोन्मुख देशहरूको बीमाकर्ताको छाता संगठन एआईआरडीसीको सञ्चालकको ट्रस्टी मेम्बरमा चुनिएका छन् । यो निर्वाचन अक्टोबर ८, २०२४ मा थाइल्याण्डको बैंककमा आयोजित वार्षिक साधारण सदस्यता बैठकमा सम्पन्न भएको थियो।
उनी २०२४ देखि २०२६ सम्मका लागि एआईआरडीसीको बोर्डमा रहने छन् । एआईआरडीसीको ७ सदस्यीय सञ्चालक समिति रहेको छ जसको अध्यक्षमा बैंकक इन्स्योरेन्सका अध्यक्ष चै सोफोनपनीच चयन भएका छन् भने उपाध्यक्षमा सन्चुएरी इन्स्योरेन्सका म्यानेजिङ डाइरेक्टर पत्रीक कुसीनीयू र कोषाध्यक्षमा मर्चेन्टाईल इन्स्योरेन्सकी डाइरेक्टर इथर सी तन चयन भएका छन् ।
प्रतिक्रिया