२२ अंकले बढेकाे बजारमा ११ अर्ब बढीकाे काराेबार

२२ अंकले बढेकाे बजारमा ११ अर्ब बढीकाे काराेबार


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार बढेको शेयर बजारले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको छ । आज शेयर बजार मापक परिसूचक नेपला स्टक एक्सचेन्ज (नेप्से) मा २२ दशमलव १३ अंको वृद्धि देखिएको छ । आइतबार नेप्से ६२ दशमलव ५४ अंकले बढेको थियो । आज बजार दोहोरो अंकले बढेसँगै २७ सय ६० दशमलव २१ को बिन्दुमा रोकिएको छ ।

आइतबारको तुलनामा नेप्से पसिसूचकको वृद्धि कम भएपनि कारोबार रकममा भने उलेख्य सुधार भएको छ । आइतबार ९ अर्बको कारोबार भएकोमा आज २ करोड ४५ लाख कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोडको कारोबार भएको छ । आज १ सय ४३ कम्पनी फाइदामा जाँदा ९२ कम्पनी घाटामा गएका छन् ।

आज कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सुपर माइक्रोफाइनान्स, सामुदायिक लद्युवित्त, गुराँस लद्युवित्त, मानुषी लद्युवित्त, शृजनशिल लद्युवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै साहज उर्जाको शेयर कारोबार भएको छ । आज सो कम्पनीको ३८ करोड १७ लाख रूपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशलमव ७१ प्रतिशतका दरले गुमाएका छन् ।