मुद्दती निक्षेपमा एक अर्ब ८३ करोड रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

मुद्दती निक्षेपमा एक अर्ब ८३ करोड रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक


काठमाडों –नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएकाे छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थामा १ अर्ब ८३ करोड २० लाख रुपैयाँ निक्षेपका रुपमा लगानी गर्ने जानकारी दिएकाे छ। यसका लागि राष्ट्र बैंकले विभिन्न कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्न बैंकहरूसँग प्रस्ताव माग गरेको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ४६ करोड ७० लाख, राष्ट्रियस्तरका विकास बैंकमा २७ करोड ४० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थामा ९ करोड १० लाख रुपियाँ निक्षेप जम्मा गर्ने भएकाे हाे ।

राष्ट्र बैंकका उक्त रकम ३९३ दिन अर्थात् १९ नोभेम्बर २०२४ देखि १६ डिसेम्बर २०२५ सम्मका लागि मुद्दतीमा राखिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित कात्तिक २७ गते राति १२ बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन्। साथै, यसका लागि विभिन्न निमयहरू पनि ताेकिएका छन् ।