प्रभु महालक्ष्मी लाइफको नाफा २५ प्रतिशत वृद्धि

प्रभु महालक्ष्मी लाइफको नाफा २५ प्रतिशत वृद्धि



काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा नाफा २५.७४ प्रतिशतले वृद्धि भएको हो।

गत आवको असोज मसान्तसम्म १० करोड ३ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा १२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४५.७७ प्रतिशतले वृद्धि भएर १० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

गत आवको प्रथम त्रैमाससम्म १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस कम्पनीको चालु आवमा बढेर १ अर्ब १७ करोड २९ लाख रुपैयाँ पुगेको छ।