काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मंसिरको पहिलो साता गर्ने भएको छ । सोहीअनुसार राष्ट्र बैंकले गृहकार्य अघि बढाएको छ ।
केन्द्रीय बैंकले हरेक त्रैमासिक र अर्धवार्षिक मौद्रिक समीक्षा ल्याउनुपर्छ । त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्छ ।
विभागले समीक्षा तयार गरेर व्यवस्थापन समितिमा पठाउँछ । समितिले फाइनल गरेर राष्ट्र बैंकको बोर्डमा पठाउँछ । बोर्ड बैठकले समीक्षा पारित गरेपछि समीक्षा सार्वजनिक हुन्छ ।
राष्ट्र बैंकले हरेक वर्ष वार्षिक मौद्रिक नीति ल्याउने गर्छ। बैंकले हरेक आर्थिक वर्षको सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ ।
प्रतिक्रिया