नेपाल इन्स्योरेन्सको सीईओमा वीरकृष्ण महर्जन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको जेठ १७ गते सम्पन्न बैठकले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा महर्जनलाई नियुक्त गरेको हो ।

कम्पनीका सचिव चन्द्रनाथ उप्रेतिले मंगलबारको बैठकले जेठ १८ गते बुधबार देखि लागू हुने गरी उनलाई आगामी चार वर्षका लागि करार सेवामा सीईओमा नियुक्त गरेको बताए ।

प्रुडेन्सियल इन्स्योरेन्सको सीईओ पदबाट कार्तिक ५ गते बाहिरिएका महर्जन यसअघि २०७८ कार्तिक ८ गते नेपाल इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा वीरकृष्ण नियुक्त भएका थिए । बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएसँगै उनलाई कामु सीईओको जिम्मेवारी समेत दिइएको थियो ।

बीमा संघका पूर्व उपाध्यक्ष समेत रहेका महर्जनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर तथा कानून विषयमा स्नातक गरेका छन् । बीमा क्षेत्रमा २४ वर्षभन्दा बढी अनुभव भएका महर्जनले जनवरी १९९७ मा भारत सरकारको पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको सहायक कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीमा आफ्नो करियर शुरु गरेका हुन् ।

उनले मुम्बईको इन्सुरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट फेलोसिप पूरा गरेका छन् । नेपाल इन्स्योरेन्समा आबद्ध हुनुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १४ वर्ष सीईओको रूपमा सेवा गरेका थिए ।

उनी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तत्कालीन स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समेत पनि थिए । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको निर्देशक थिए ।