काठमाडौं – सिटिजन्स बैंकले दरखास्त आह्वान गर्दै विभिन्न ११ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले क्लस्टर हेडदेखि आईटी सपोर्टसम्म पदमा कर्मचारी मागेकाे हो ।
बैंकले क्लस्टर हेडमा सिनियर अफिसर र एसिस्टेन्ट म्यानेजर पदका लागि केही, कानुन विभागमा सिनियर अफिसर र असिस्टेन्ट म्यानेजरका लागि केही जुनियर अफिसर, अफिसर र सिनियर अफिसर पदमा शाखा प्रबन्धकका लागि केही, रिलेसनसिप अफिसर र चार्टर्ड एकाउन्टेन्टका लागि केही डिजिटल बैंकिङ्ग इकाइमा सिनियर अफिसर लगायतका पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेकाले नागरिकले मंसिर १५ गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको वेबसाइट मार्फत दिन सकिनेछ।
प्रतिक्रिया