काठमाडाैं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको हाे । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार शेयरधनीहरूलाई ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गरिनेछ।
यस्तै, बैठकले घोषित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् लाभांश शेयरधनीहरूमा वितरण हुनेछ ।
प्रतिक्रिया