काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कात्तिक महिनाको अन्त्यसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा छुट दिने निर्णय गरेको हो ।
कम्पनीको उक्त निर्णयले हजारौं बीमितहरुलाई आफ्ना बीमा पोलिसीहरु नबिकरण गराउँदा लाभ मिल्ने भएको छ । बीमितहरुले छुट अवसरको फाइदा लिदै समयमा नै व्यतित बीमालेख नबिकरण गर्न कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया