काठमाडौं – नेपाल बीमा प्राधिकरणले यही कात्तिक २५ गतेबाट जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन गर्ने भएको छ । प्राधिकरणले जीवन बीमा अभिकर्ताको कात्तिक २५ गते आइतबारबाट हुने अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले कात्तिक २५ गतेबाट कात्तिक ३० गतेसम्म परीक्षा संचालन गर्न लागेको बताएको छ । उक्त परीक्षा कात्तिक २५ गते आइतबार बिहान ११ बजेबाट १२ः३० बजेसम्म, कात्तिक २६ गते पनि बिहान ११ बजेबाट १२ः३० बजेसम्म, कात्तिक २७ गते दिउँसो १ बजेबाट २ः३० बजेसम्म, कात्तिक २८,२९ र ३० गते परीक्षा बिहान ११ बजेबाट १२ः३० बजेसम्म संचालन गर्ने जनाइएको छ ।
प्रतिक्रिया