बैंकिङ्ग निक्षेप र कर्जा दुवैमा गिरावट, अन्य सूचक कस्ता ? 

बैंकिङ्ग निक्षेप र कर्जा दुवैमा गिरावट, अन्य सूचक कस्ता ? 


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३६  अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको कात्तिक २०  गते मंगलबारको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो ।

अघिल्लो दिन कात्तिक १९ गते साेमबार बैंकिङ्ग प्रणालीमा  ६६ खर्ब ४० अर्ब बराबरको निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा २ अर्बको गिरावट देखिएको छ। कात्तिक १९  गते ५९ खर्ब ४ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले २० गते ५९ खर्ब २ अर्ब निक्षेप निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा सामान्य गिरावट देखिएको छ । कात्तिक १९  गते ५२ खर्ब ७६ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले २० गते ५२ खर्ब ७५  अर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा  भने स्थिर रहेको छ । गत कात्तिक १९  गते ४६ खर्ब ७१ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंंकहरुले २०  गते पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ। साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८ दशमलव १६ प्रतिशत कायम भएको देखाएको छ।