काठमाडौं– माछापुच्छ्रे बैंकको संस्थापक शेयरधनी आजाद श्रेष्ठको नाममा रहेको ३ लाख २५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र खरिद निवेदन निवेदन पर्नेछ। निवेदन काठमाडौंको बाघरदरबारस्थित जेडीए कम्प्लेक्समा रहेको माछापुच्छ्रे क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया