साताकाे शेयर : तिहार लगत्तै कस्ताे रह्यो बजार ?

साताकाे शेयर : तिहार लगत्तै कस्ताे रह्यो बजार ?


काठमाडौं – याे साता तिहारपछि खुलेकाे शेयर बजारमा दुई दिन मात्र काराेबार भयाे । मंगलबार, बुधबार काराेबार भएकाे बजारमा दुवैदिन शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य गिरावट देखिएकाे थियाे ।

तिहारअघि नेप्से परिसूचक २६७७ दशमलव ६२ को विन्दुमा बन्द भएको थियो। तिहारपछि खुलेको बजारमा घटेर २६७५.५१ को विन्दुमा बन्द भएको छ। यो २ दिनमा दिनमा नेप्से २.११ अंकले मात्रै घटेको छ।

गत बुधबार तिहार अघि १४ दशमलव ४३ अंकले घटेको बजारमा याे साताकाे मंगलबार सामान्य करेक्सन देखिएको थियाे । मंगलबार नेप्से० ०.२१ अंकले घटेसँगै बजार २७ सय ७७ दशमलव ४ शून्यको बिन्दुमा रोकिएको थियाे ।

यस्तै, बुधबारपनि शेयर बजारमा सामान्य करेक्सन देखिएको थियाे । मंगलबार ०.२१ अंकले घटेको बजार आज १.८८ अंकले घटेको थियाे ।

मंगलबार र बुधबारकाे काराेबार रकम कति ?

मंगलबार– ४ अर्ब २० करोड ५५ लाख रूपैयाँ

बुधबार– ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ

यो साता २ दिन काराेबार भएकाे बजारमा १३ वटा उपसमूहमध्ये ८ वटा बढेका छन् भने ५ वटा घटेका छन् । यो साता होटेल तथा पर्यटन, अन्य, जलविद्युत, विकास बैंक, निर्जीवन बीमा, वित्त, जीवन बीमा र म्युचुअल फन्ड समूह बढेका हुन् ।