आईपीओ जारी गर्दै ट्रेड टावर

आईपीओ जारी गर्दै ट्रेड टावर


काठमाडौं – ट्रेड टावरले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको हाे ।

मंसिर १२ गते कम्पनीले गौशालास्थित क्रिस्टल होटलमा साधारणसभा बोलाएको छ । साधारणसभाले आईपीओ निष्कासनको प्रस्तावसँगै उपयुक्त पार्टनर भेटेमा मर्जरको सम्झौता गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पास गर्नेछ । आईपीओको संख्या र मूल्य पछि तय हुनेछ ।

यस कम्पनीले हाउजिङसम्बन्धी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । सुरुमा कञ्जनजंघा हाउजिङ लिमिटेडका नाममा स्थापना भएकोमा हाल ट्रेड टावरका नाममा सञ्चालन हुन थालेको हो ।