काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबारपनि शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । मंगलबार ०.२१ अंकले घटेको बजार आज १.८८ अंकले घटेको छ ।
आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) १.८८ अंकले घटेसँगै बजार २६ सय ७५ दशमलव ५१ को बिन्दुमा रोकिएको छ ।
आज सामान्य करेक्सन देखिएको बजारमा १२१ कम्पनीले नाफा कमाएका छन् भने ११७ कम्पनी घाटामा गएका छन् । आज दिनभर ३२० कम्पनीको १ करोड १६ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्स शेयर कारोबार भएको छ । आज सो कम्पनीको ३५ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै कुथली बुखरीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५५ प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया