अमेरिकी राष्ट्रपतिको चुनावः एसियाली शेयर बजारमा आयो उछाल

अमेरिकी राष्ट्रपतिको चुनावः एसियाली शेयर बजारमा आयो उछाल


काठमाडौं – अमेरिकामा जारी राष्ट्रपतिको चुनावका दौरान विश्वभरका शेयर बजार परिसूचक बढेको छ । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रकारुपमा रहेको अमेरिकामा आउने नयाँ राष्ट्रपतिले लिने निर्णयले विश्व अर्थतन्त्र फेरबदल गर्न सक्छ । यहीकारण, अमेरिकी राष्ट्रपतिको चुनावका दौरान विश्वभरको शेयर बजार बढेको हो ।

समाचार संस्था बीबीसीका अनुसार विश्वभरका शेयर लगानीकर्ताले अमेरिकी राष्ट्रपतिको चुनावलाई नजिकबाट नियाल्दै छन् । जसकारण, अमेरिका, युरोपसहित एसियाका शेयर बजारमा बुधबार उच्च अंकको वृद्धि देखियो । यसबाहेक, अमेरिकी डलरको भाउ समेत उकालो लागेको बीबीसीले जनाएको छ ।

जारी निर्वाचनबाट आउने नतिजाले सबैभन्दा बढी एसियाली अर्थतन्त्रर्लाइ प्रभावित बनाउन सक्ने बताइएको छ । अन्य महादेशको अर्थतन्त्रमा समेत अमेरिकी चुनावको नतिजाले प्रभावित बनाउनेछ । बुधबार जापानको निक्की २२५ स्टक इन्डेक्स २ प्रतिशतले बढ्यो । यस्तै अष्ट्रेलियाको एएसएक्स २०० १ प्रतिशतले बढ्यो ।

हङकङको शेयर बजार परिसूचक भने २.५ प्रतिशतले घट्यो । यसबाहेक अमेरिकी शेयर बजार परिसूचकमा भने उल्लेख्य वृद्धि देखियो । बुधबार नाकदाक १ प्रतिशतको वृद्धि आएको बीबीसीले जनाएको छ ।