बैंकिङ्ग निक्षेप स्थिर रहँदा कर्जा प्रवाहमा झिनो सुधार, अन्य सूचक कस्ता ? 

बैंकिङ्ग निक्षेप स्थिर रहँदा कर्जा प्रवाहमा झिनो सुधार, अन्य सूचक कस्ता ? 


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६६ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको कात्तिक १३ गते मंगलबारको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो । अघिल्लो दिन कात्तिक १२ गते सोमबार पनि बैंकिङ्ग प्रणालीमा सोही रकम बराबरको निक्षेप संकलन भएको थियो ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि स्थिर रहेको छ । कात्तिक १२  गते ५८ खर्ब ८८  अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले १३ गतेपनि सोही रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

बैंकिङ्ग निक्षेप स्थिर रहँदा सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ । कात्तिक १२  गते ५२ खर्ब ८० अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले १३ गते ५२ खर्ब ८२  अर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा पनि २ अर्बले बढेको छ । गत कात्तिक १२  गते ४६ खर्ब ७४ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंंकहरुले १३ गते ४६ खर्ब ७६ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर २ दशमलव ७० प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८ दशमलव ४४ प्रतिशत कायम भएको देखाएको छ ।