बैंकिङ्ग समाचार ।
सरकारले आगामी वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम पनि बिमा कम्पनीमार्फत गर्ने तयारी गरेको छ । हाल स्वास्थ्य बिमा बोर्डमार्फत यो कार्यक्रम सञ्चालन भइरहेको छ ।
उक्त कार्यक्रम बिमा कम्पनीमार्फत सञ्चालनका लागि आवश्यक तयारी गर्ने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका हुन् ।
आइतबार संसद् बैठकमा आगामी वर्षको बजेट पेस गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । सरकारले स्वास्थ्य बिमाका लागि ७ अर्ब ५० करोड रकम बिनियोजन गरेको छ ।
यस्तै मिर्गौला प्रत्यारोपण गराएका र डायलासिस गराइरहेका व्यक्तिहरू, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई औषधि उपचारका लागि मासिक ५ हजारका दरले उपलब्ध गराउन सरकारले १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रतिक्रिया