काठमाडौं – आजदेखि बैंकहरुको तिहार बिदा सकिएको छ । ४ दिन सेवा बन्द गरेका बैंकहरुले आजदेखि सेवा सुचारु गरेका छन् । तिहारमा बिदा मनाउन गएका कतिपय बैंकर कार्यालय फर्किसकेका छन् भने टाढा घर हुनेहरु कार्यालय पुग्ने हतारोमा यात्रा गरिरहेका छन् ।
यो वर्षको तिहारमा बैंकरहरुले ४ दिन बिदा पाए । धेरैजसोले चाडबाडमा आफ्नो परिवारको लागि समय दिने गरेतापनि बैंकरहरु भने टिका थाप्ने समयमा पनि डिफल्टरहरुलाई याद गर्ने गरेको सुन्न पाइन्छ । पछिल्लो समय देशमा छाएको आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सक्ने स्थिति छैन ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेकाहरुले ऋण तिर्न नसकेको पीडाले उनीहरूलाई मात्रै सताएको छैन । जसको पीडाले बैंकरहरुलाई पनि तनाब थपिरहेको छ । बैंकरहरुलाई ‘रिकभरी’मा भएको तनावपूर्ण स्थिति यतिसम्म बनेको छ कि चाडबाडमा पनि ती ऋण नतिर्नेहरूलाई नै सम्झिन बैंकर बाध्य छन् ।
‘टिका थाप्दा पनि ऋण नतिर्नेहरुको याद आउँछ’
बैंकरहरुको टिका झन् कति विशेष हुन्छ भन्ने हामीलाई लागेता पनि त्यस्तो हुँदैन । दसैं तिहार सबैका लागि खुशी नै हुन्छ भन्ने हुँदैन । विशेष गरी बैंकरहरूका लागि कुनै तिहारको समय निकै चुनौतीपूर्ण हुनसक्छ ।
ऋण उठाउने लगानी गर्ने र संस्थाको खराब कर्जा कम गराउँने एक बैंकरको दायित्व हुन्छ जसले गर्दा पनि उनीहरूले चाडबाडमा डिफल्टरलाई याद गर्न बाध्य हुन्छन् । बैंकले ऋण लगानी गरेपछि कर्जा चुक्ता नहुँदासम्म सो ऋणको दबाब नतिर्ने ग्राहकहरूलाई भन्दा बढी बैंकरलाई पनि पर्न जान्छ । जसले गर्दा बैंकरहरुले तिहारको समयमा टिका थाप्दा पनि मनमा एक प्रकारको खिन्नता र तनाव लिन बाध्य छन् ।
तिहारको रमाइलो महोलमा पनि ऋण नतिरेका ग्राहकहरूले बैंकरको मनमा असन्तुष्टि र चिन्ता बढाउँने गरेको पाइन्छ । पछिल्लो चरण बैंकरहरुले आफ्नो व्यक्तीगत समय पनि पाउन छाडिसकेका छन् भन्दा पनि फरक पर्दैन । बैंकहरुले चाडबाडमा समेत आफ्नो संस्थाको चिन्ता गर्नुपर्ने समय आएकाले आफ्नो बाहिरी संसार नै भुलेको कतिपय बताउँछन् ।
हरेक मानिसमा जुन कुराले आफूलाई बढी पीडा अथवा आफ्नो प्राथमिकतामा रहेको छ त्यो कुरा नै बढी दिमागमा आउने गर्छ । एक बैंकर भन्छन्, ‘दशैं तिहार समग्रमा राम्रो भयो तर के गर्नु हामीहरुलाई टिका थाप्दा पनि डिफल्टर कै याद आउँछ ।’ उनका अनुसार बिदामा परिवारसँग रहँदा पनि डिफल्टरहरुको सम्झना आउनु स्टेस नै हो । ‘अचेल त हामी बैंकरको नयाँ खबरपनि केही नहुने भाको छ पैसा असुल्न गयो कहिले कुटाई कहिले बचन खाएर आउनुपर्छ ’ उनी भन्छन्, ‘बिदामा पनि ग्राहकहरू कै कुराहरू आउने भनेको त स्टेस नै हो ।’
प्रतिक्रिया