रिलायबल नेपाल लाइफको डिसीईओमा तिवारी नियुक्त

रिलायबल नेपाल लाइफको डिसीईओमा तिवारी नियुक्त



कानठमाडौं– रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा दिपेश बाबु तिवारी नियुक्त भएका छन् । कम्पनीमा सहायक महाप्रबन्धकको रूपमा आवद्ध हुनु अघि तिवारी ग्लोबल आईएमई बैंक लिमिटेडमा आबद्ध रहेका थिए । उनको कार्यकाल आगामी चार वर्षसम्मका लागि रहनेछ ।

तिवारीले बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभवसहित कार्यकारी –एमबिए शिक्षाका साथै अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, कार्यशाला, सेमिनारमा सहभागी भइसकेका छन् र स्रोत व्यक्तिका रूपमा आमन्त्रित पनि भएका छन् ।

उनी मुख्य रूपमा वित्त तथा लेखा विभागको सञ्चालनका साथै अन्य व्यवस्थापन कार्यहरूको लागि जिम्मेवार छन् । उनी खेलकुदको गहिरो अनुयायी छन् र आफूलाई सामाजिक कार्यमा संलग्न हुन मन पराउने व्यक्ति हुन्।