काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हेटौँडा उपमहानगरपालिका–४ मा भवन सहित ६० धुर क्षेत्रफल भएको जग्गा खरिद गरेको छ । कम्पनीले १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँ रजिस्ट्रेसन शुल्कसहित साे भवन खरिद गरेको हो ।
कम्पनीले मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको ६० धुर क्षेत्रफलमा रहेको १७ करोड १० लाख रुपैयाँमा खरिद र ७९ लाख ५१ हजार ५१ हजार ५ सय रुपैयाँ रजिस्ट्रेसन शुल्क गरी कुल १७ लाख ८९ लाख ५१ हजार ५ सय रुपैयाँमा भवनसहितको जग्गा खरिद गरेको जनाइएको छ ।
कम्पनीको व्यावसायिक तथा कार्यालय प्रयोजनका लागि कात्तिक १४ गते उक्त भवनसहितको जग्गा खरिद गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया