सिंगापुर फिनटेक फेस्टिभल

दुई देशका अर्थमन्त्री र ५ देशका गभर्नर, ब्ल्याकरकदेखि जेपी मोर्गनसम्मको हुनेछ सहभागिता

दुई देशका अर्थमन्त्री र ५ देशका गभर्नर, ब्ल्याकरकदेखि जेपी मोर्गनसम्मको हुनेछ सहभागिता


काठमाडौं – नवौं संस्करणको सिंगापुर फिनटेक फेस्टिभल भोली बुधबारदेखि सुरु हुने भएको छ । मनेटरी अथोरिटी अफ सिंगापुरको आयोजनामा हुँदै आएको यो फेस्टिभलमा विश्वभरका ७० हजारभन्दा बढी सहभागी हुनेछन् ।

८ नोभेम्बरसम्म चल्ने यो फेस्टिभलमा दुई देशका अर्थमन्त्री र विभिन्न देशका केन्द्रीय बैंकका गभर्नरको समेत उपस्थिती रहनेछ । आयोजकले दिएको जानकारीअनुसार विभिन्न ५ मुलुकका गभर्नर सहभागी बन्नेछन् ।

फेस्टिभलमा लक्जमवर्ग र पोर्चुगलका अर्थमन्त्री सहभागी हुनेछन् । यस्तै, घाना, आयरल्याण्ड, रवान्डा, कम्बोडिया, थाइल्याण्डका गभर्नर ‘कि नोट स्पिकर’ रहनेछन् । यसैगरी, सिंगापुर मनेटरी फण्डका प्रबन्ध निर्देशक, फ्रान्स र बैंक अफ इंग्ल्याण्डका डेपुटी गभर्नर समेत ‘कि नोट स्पिकर’ रहने आयोजकले जनाएको छ ।

निजी क्षेत्रबाट मास्टरकार्ड, टेन्सेन्ट, क्रिप्टो डटकम, ब्ल्याकरक, मनेटरी फन्ड, बाइनान्स, भिजा, जेपी मोर्गन, एन्ट इन्टरनेश्नल लगायतको सहभागीता हुने जनाइएको छ ।