शेयर बजारमा सामान्य करेक्सन, शून्य दशमवल २१ अंकले घटेको बजारमा ४ अर्बको कारोबार 

शेयर बजारमा सामान्य करेक्सन, शून्य दशमवल २१ अंकले घटेको बजारमा ४ अर्बको कारोबार 


काठमाडौं – तिहार बिदापछि खुलेको शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । गत बुधबार १४ दशमलव ४३ अंकले घटेको बजारमा आज (मंगलबार) सामान्य करेक्सन देखिएको हो । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२१ अंकले घटेसँगै बजार  २७ सय ७७ दशमलव ४ शून्यको बिन्दुमा रोकिएको छ ।

आज ११४ कम्पनी नाफामा जाँदा १२४ कम्पनी घाटामा गएका छन् । आज दिनभर ९७ लाख  १३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड ५५ लाख रूपैयाँकाे शेयर किनबेच भएको छ । 

आज सबैभन्दा धेरै सुपर माई हाइड्रो पावरका लगानीकर्ताले  १० प्रतिशतले कमाएका छन् । यस्तै, आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको शेयर कारोबार भएको छ । आज सो कम्पनीको २९ करोड बढीको शेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज फाइनान्स, होटल एण्ड टुरिजम, हाइड्रोपावर, लाइफ इन्योरेन्स, म्युचअल फण्ड, ननलाइफ इन्योरेन्स समूह फाइदामा जाँदा अन्य समूह घाटामा गएका छन् ।