शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा पाण्डेय

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा पाण्डेय


काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक (एजीएम) मा यशोधन पाण्डेय नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितिको बैठकले पाण्डेयलाई कात्तिक १५ गतेदेखि लागू हुने गरी एजीएममा नियुक्त गरेको हो ।

यसअघि पाण्डेय बैंकको मुख्य व्यवस्थापक पदमा कार्यरत थिए । बैंकिङ्ग क्षेत्रमा १५ वर्ष बढीको अनुभव रहेका पाण्डेय चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।