आजदेखि छिट्टै बन्द हुँदैछन् बैंक, जाडोयाममा कति बजेसम्म दिन्छन् सेवा ?

आजदेखि छिट्टै बन्द हुँदैछन् बैंक, जाडोयाममा कति बजेसम्म दिन्छन् सेवा ?


काठमाडौं – जाडो मौसम सुरु भएसँगै दिन छोटिने र रात लम्बिने भएकाले सरकारी कार्यालय गर्मी मौसमको तुलनामा छिट्टै बन्द हुन्छन् । जसकारण आजदेखि सरकारी कार्यालयहरू अपराह्न ४ बजेसम्म मात्र खुला हुनेछन् ।

आजबाट माघ १५ गतेसम्म बिहान १० बजेबाट सुरु भई अपराह्न ४ बजेपछि बन्द हुनेछन्। सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म खोल्नुपर्ने व्यवस्था रहेको छ ।

यस्तै, अन्य सरकारी कार्यालय जस्तै बैंक तथा वित्तीय संस्थाहरूले पनि सेवा दिने समय छोट्टाएका हुन्छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समय र बैंकिङ्ग कारोबारका लागि छुट्टै समय निर्धारण गरेको हुन्छ।

जसअनुसार अब कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकहरू बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुल्ला हुन्छन् । शुक्रबार भने बिहान १० बजेदेखि १ः३० बजेसम्म खुल्ला रहन्छन् ।

वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुन्छ।